किशोरीलाई सामुहिक बलात्कार आरोपमा दुई जना पक्राउ


बर्दिया – बलात्कारको आरोपमा बर्दियाबाट दुई युवक पक्राउ परेका छन् । एक १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ठाकुरबाबा नगरपालिका-६ बस्ने २४ वर्षीय विनोद परियार र सोही ठाउँका २० वर्षीय नमराज परियार पक्राउ परेका हुन् ।

उनीहरुले किशोरी घरमा बसिरहेको अवस्थामा आइतबार घुम्न जाने भन्दै जबरजस्ती मोटरसाइकलमा राखेर ठाकुरबाबा नगरपालिका-७ स्थित सामुदायिक वनमा लगेर सामुहिक बलात्कार गरी फरार भएका प्रहरीले जनाएको छ ।

आरोपी दुवै जनालाई ईलाका प्रहरी कार्यालय बगनाह भुरीगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरुकै गाउँबाट पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।

आरोपी दुवैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी बोहराले बताए ।

प्रतिक्रिया