अब भक्तपुर र ललितपुरमा पनि ट्राफिक सचेतता कक्षा


काठमाडौं – काठमाडौं उपत्यकाका थप दुई जिल्लामा पनि आजबाट ट्राफिक सचेतता कक्ष सुरू गरिएको छ।

भक्तपुरको चुनदेवीस्थित ट्राफिक प्रहरी परिसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले र प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले ललितपुरको सातदोबाटोस्थित ट्राफिक प्रहरी परिसरमा आज उद्घाटन गरे।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मात्र हुँदै आएको सचेतता कक्षा सेवाग्राहीको सुविधालाई मध्यनजर गरी आइतबारबाट ललितपुर र भक्तपुर जिल्लामा पनि सुरु गरिएको प्रवक्ता भट्टले जानकारी दिए।

तीव्र गतिमा सवारी चलाउँदा र रातो बत्ती तथा सडक लेन उल्लंघन गरेको कसुरमा ललितपुर र भक्तपुर जिल्लामा कारबाहीमा परेका चालकले सम्बन्धित जिल्लामै सचेतता कक्षा लिनुपर्ने छ।

काठमाडौं, ललितपुर र भक्तपुरमा मदिरा सेवन गरी सवारी साधन चलाउँदा कारबाहीमा परेका चालकले भने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमै आएर सचेतता कक्षा लिनुपर्ने छ।

प्रतिक्रिया