वामदेव गौतम च्यासल पुगेपछि अध्यक्ष ओली उत्साहित


काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि वामदेव गौतम उत्साहित भएका छन् । अध्यक्ष ओलीलाई भेट्न च्यासलस्थित पार्टी कार्यालय पुगेका गौतमले एक घन्टा लामो संवाद गरेका थिए ।

एमालेले ७० वर्षे उमेर हदको प्रावधान हटाएपछि नेता गौतम पार्टी अध्यक्ष ओलीलाई भेट्न च्यासल पुगेका थिए । एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतमको एमालेमा फर्किने बाटो खुला भएको थियो । भेटमा ओलीले गौतमलाई पार्टीमा सक्रिय भएर लाग्न आग्रह गरेका छन् ।

भेटमा गौतमले पहिला नेता कार्यकर्ताको व्यवस्थापनमा जोड दिएका थिए । अध्यक्ष ओलीले गौतमले राखेका विषयमा पार्टी बैठकमा राख्ने र छलफल गर्ने विश्वास दिलाएका छन् । भेटपछि नेता गौतमले अर्कोपटक पुन बसेर छलफल गर्दै टुङ्ग्याउने दुई नेताबीच सहमति भएको पनि बताए ।

प्रतिक्रिया