एटीएम तोडफोड गर्ने दुई जना पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका-१५ डल्लु सिद्धार्थ चोक नजिकै रहेको माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गरेको अभियोगमा २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने दैलेख घर भएका २३ वर्षीय पारस ठकुरी र दोलखा मेलुङ गाउँपालिका–५ घर भएका १९ वर्षीय चन्द्र तामाङ रहेका छन्।

एटीएम तोफोड गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *