आषाढ मसान्त भित्र कक्षा ११ को शुल्क सूची महानगरलाई बुझाउन निर्देशन

काठमाडौं – काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित सबै संस्थागत (निजी) विद्यालयहरुलाई शुल्क सूची बुझाउन निर्देशन गरिएको छ। निजी विद्यालयहरुको मनलाग्दी शुल्क लिइरहेको गुनासो बढिरहेका बेला कक्षा ११ को शुल्क सूची बुझाउन भनिएको हो।

‘शैक्षिक सत्र २०८०/०८१ मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुसँग के-के शीर्षकमा के-कति शुल्क लिने हो? काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णय सहित शुल्क प्रस्ताव मिति २०८० आषाढ मसान्त भित्र काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछौं,’ महानगरले सूचना जारी गर्दै भनेको छ।

यसअघि एसईईको नतिजा आउनुअघि नै विद्यार्थी भर्दा गर्न खोजिएको भन्दै महानगरले शैक्षिक मेलामा हस्तक्षेप गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *