वकिल र कर्मचारीबीच सात बुँदे सहमति, आन्दोलन स्थगित


काठमाडौं – ललितपुर जिल्ला अदालतकी कर्मचारी र कानून व्यवसायीबीच सात बुँदे सहमति भएको छ । बारका प्रतिनिधि र कर्मचारीसहितको रोहबरमा नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेले सात बुँदे सहमति भएको हो ।

असार १३ गते लामिछानेले तामाङलाई कार्यकक्षमा कुटपिट गरेपछि वकिल र कर्मचारीबीच तनाव बढ्दै गएको थियो । यसले न्याय सेवा समेत प्रभावित बनेको छ । सहमतिअनुसार बार र कर्मचारी दुवैतर्फका आन्दोलन फिर्ता लिइएको छ । अदालतमा सेवा लेनदेनका क्रममा भएको घटनापछि दुवैतर्फबाट विषयान्तर भएको महसुस गरेका छन् ।

उनीहरुले सहमतिपछि जारी विज्ञप्तिमा उक्त घटनालाई लिएर अब उप्रान्त दुवै पक्षले द्वेषभाव नराखी विवादलाई अन्त्य गर्ने उल्लेख छ । दुवै पक्षले आ–आफ्नो क्षेत्रमा काम गर्ने सहमति पनि गरेका छन् । यस्तै ललितपुर जिल्ला अदालतको सीसीटीभी बिग्रिएकाले अविलम्ब मर्मत गरी सञ्चालन गर्न माग गरेका छन् ।
हेर्नुस् सहमति 

प्रतिक्रिया