नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी, बैंकका कर्मचारी पनि पक्राउ


काठमाडौं – नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले चिकित्सकपछि बैंकका कर्मचारीहरुलाई पनि पक्रिन थालेको छ ।

नक्कली प्रमाणपत्रका आधारमा बैंकका कार्यरत रहेको सूचनाका आधारमा सिटिजन्स बैंकका विभिन्न शाखामा कार्यरत ६ जना कर्मचारी पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा मनिशा मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपा विष्ट छन् । उनीहरूलाई काठमाडौं प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो । उनीहरूमाथि शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोप लागेको छ । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया