नेपाल एयरलाइन्सले शुरु गर्‍यो काठमाडौ-दमाम सिधा उडान


काठमाडौं – नेपाल वायुसेवा निगमले बिहीबारदेखि काठमाडौंबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान शुरु गरेको छ ।

उडान तालिका अनुसार काठमाडौंबाट २२ः४० मा उडान भरेको पहिलो उडानमा १२६ जना यात्रु रहेका थिए भने फर्कदा ११७ जना यात्रु रहेका थिए ।

काठमाडौ – दमाम – काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्ने र बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको निगमले जनाएको छ ।

यात्रुहरुले निगमको कार्यालय वा निगमको वेवसाइटमा लगइन गरी अनलाइनबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिई सहज रुपमा यात्रा गर्न सकिनेछ । यसबाट यात्रुहरुलाई थप सुविधा पुग्ने निगमले विश्वास लिएको छ ।

प्रतिक्रिया