रिजालको निधनमा काठमाडौं महानगरले दियो भोलि शोक बिदा


काठमाडौं – काठमाडौं महानगरपालिकाले वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति शोक मनाउन शुक्रबार शोक बिदा दिएको छ ।

काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष रिजालको बिहीबार बिहान ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनको निधनमा शुक्रबार महानगरले आफू अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिएको हो । 

प्रतिक्रिया