एक हजार दरका १०० थान नक्कली नोटसहित एक जना पक्राउ


काठमाडौं – प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नं ४ धारापानी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ८ भिमढुङगा बस्ने ३८ वर्षीय गौरव थापा रहेका छन् ।

उनको साथबाट १ हजार दरका १०० थान नक्कली नोट बरामद गरिएको छ । स्वयम्भू एरियामा नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया