तीन महिनाअघि बैंकिङ कसुर ठहरिएका फरार प्रतिवादी पक्राउ


काठमाडौं – बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर घर भई हाल काठमाडौंको माकलबारी बस्ने २९ वर्षीय सुरोज घिसिङ रहेको प्रहरीले जनाएको छ ।

उच्च अदालत पाटनले गत असार ८ गते बैंकिङ कसुर मुद्दामा घिसिङलाई दुई दिनको कैद र बिगो बमोजिम पाँच लाख जरिवाना र क्षतिपुर्तिबापत पीडित राहत कोषमा २० हजार जम्मा गराउने आदेश जारी गरेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीलाई काठमाडौंको बूढानीलकण्ठ ८ कपनस्थित बालुवाखानीबाट पक्राउ गरेको हो ।

घिसिङलाई काठमाडौं जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया