उद्धारमा परिचालन हुने विमान तथा हेलिकोप्टरलाई निःशुल्क इन्धन दिने


काठमाडाैं – जाजरकोट भूकम्पको उद्धारमा खटिने नेपाल एयरलाइन्सको विमान तथा सेनाको हेलिकोप्टरका लागि निःशुल्क इन्धन व्यवस्था हुने भएको छ ।

नेपाल आयल निगमले राहत तथा उद्धारका लागि प्रयोग हुने नेपाल एयरलाइन्सको विमान र सेनाको हेलिकोप्टरका लागि निःशुल्क इन्धन दिने निर्णय गरेको हो ।

निगमले सामाजिक उत्तरदायित्व कोषबाट हवाई इन्धन सहयोग गर्ने भएको हो । गए राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ । हालसम्म मृतकको संख्या १५७ पुगिकसेको छ ।

प्रतिक्रिया