जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १५७ पुग्यो


जाजरकोट – भूकम्पमा दुई जिल्लाका १५७ जनाको मृत्यु भएको छ । यसमध्ये महिला ९९ जना छन् भने ५८ जना पुरुषको मृत्यु भएको छ । जाजरकोटमा सबैभन्दा धेरै १०५ जनाको मृत्यु भएको छ ।

यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । घाइतेको संख्या १६६ पुगेको छ । तीमध्ये ५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

गम्भीर घाइतेलाई उपचारका लागि सुर्खेत, नेपालगञ्ज र काठमाडौं लगिएको छ। सामान्य घाइतेको स्थानीय स्वास्थ्य संस्था तथा जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको छ। अझै पनि खोज र उद्धारको कार्य जारी रहेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता थापाले बताए।

गएराति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो। भूकम्पबाट जनधनको ठूलो क्षति भएको छ।

प्रतिक्रिया