नेपाल सुपर लिग : काठमाडाैंसँग पाेखरा पराजित


काठमाडाैं – नेपाल सुपर लिग (एनएसएल) मा पाेखरा थन्डर्सले काठमाडाैं रेजर्समाथि पुनरागमन जित निकालेकाे छ ।

आज साेमवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा पाेखरा काठमाडाैंसँग २-१ गाेल अन्तरले पराजित भयाे । खेलमा पाेखराले शुरुवाती अग्रता लिएकाे थियाे । पहिलाे हाफ गाेलरहित बराबरी सकिएकाे खेलकाे ५७ औँ मिनेटमा आयुष घलानले गाेल गर्दै पाेखरालाई अग्रता दिलाएका थिए ।

तर खेलकाे ८२ औँ मिनेटमा काठमाडाैंका जुनियर एनकेनगेले गाेल गर्दै खेल १-१ काे बराबरीमा ल्याए । त्यसपछि इन्ज्युरी समयकाे तेस्राे मिनेटमा काठमाडाैंका जाेकिर शाेख्रुखले गाेल गर्दै टाेलीलाई २-१ ले जिताए ।

याे जितसँगै काठमाडाैं ५ खेलमा ८ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा उक्लिएकाे छ । पाेखरा उति नै खेलमा ८ अङ्क भए पनि गाेल अन्तरका आधारमा चाैथाे स्थानमा छ । एनएसएलमा पाेखराकाे याे पहिलाे हार हाे ।

प्रतिक्रिया