प्रधानमन्त्रीका मुख्य सल्लाहकारले दिए राजीनामा

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । झन्डै एक साताअघि नै राजीनामा दिएको तर स्वीकृत भइनसकेका कारण विवरण सार्वजनिक नगरिएको उनले बताएका छन्।

गजुरेलले राजीनामा दिएको पुष्टि गरे पनि कारणबारे विस्तृतमा केही बताएका छैनन्। यद्यपी बीबीसीसँगको कुराकानीमा गजुरेलले प्रधानमन्त्रीसँग कुरा नमिलेको सङ्केत गरेका छन्।

उनले भनेका छन्, ‘म त्यो भूमिका निर्वाह गर्न असमर्थ भएको छु, मेरो कुरा सुन्न छोडेपछि म त्यो भूमिकाबाट अलग भएँ ।’ पछिल्लो समय प्रधानमन्त्री तथा गृहमन्त्रीले आफ्नो कुरा सुन्न छाडे पनि खासै मनमुटाव भने केही नभएको बताएका छन् । बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *