प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस क्लब फाइनलमा प्रवेश


काठमाडाैं – गण्डकी प्रदेशलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टोली बन्न सफल भएको हो ।

यससँगै पुलिसले सातौं खेलमा सातौं जित निकाल्दै दुई खेल अगाडि नै फाइनलमा स्थान पक्का गरेको छ । पुलिस १४ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । पराजित गण्डकी भने आठ खेलमा चार अङ्क जोड्दै अङ्क तालिकाको आठौं स्थानमा छ ।

प्रतिक्रिया