वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ६ सय जनाभन्दा धेरैलाई ठग्ने एकजना पक्राउ


काठमाडाैं – अमेरिका र युरोपका विभिन्न देशमा पठाइदिने भन्दै ६ सय जनाभन्दा धेरैलाई ठगी गर्ने ललितपुरको कोन्ज्योसोमका सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

माल्टा, पोल्यान्ड, क्यानडा, क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै ६ सय जना बढी सर्वसाधारणलाई करोडौँ रुपैयाँ ठगी गरेको उजुरीपछि तामाङलाई पक्राउ गरेएको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनले बालाजु चोकमा युरो विङ्स एजुकेसन कन्सल्टेन्सी खोलेर आफूलाई विकास वाइबाको नाममा चिनाउँदै ठगी गरेको पाइएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल घिमिरेका अनुसार उनले ठगी गरेको रकमबाट ४ करोड १५ लाख रुपैयाँ व्यक्तिगत ऋण तिरेका थिए ।

यस्तै राप्ती म्यानपावर बसुन्धाराको ५० प्रतिशत शेयर किनेको, गाडी किनेकाे, भाइको खातामा १५ लाख ५० हजार जम्मा गरेको र ५ लाख रुपैयाँको सुन किनेको भेटिएको छ । पक्राउ परेका सुजन तामाङ  माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया