बैङ्कर न्यौपानेसहित १० जनालाई पक्राउ परेकोमा बैङ्किङ क्षेत्रको आपत्ति


काठमाडाैं – प्रभु बैङ्कका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरेकोमा बैङ्कर्स सङ्घहरुले आपत्ति जनाएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैङ्किङ क्षेत्रमा धरपकड एवम् पक्राउले यो क्षेत्र नै चिन्तित र आतङ्कित बनेको उनीहरुको भनाइ छ ।

नेपाल बैङ्कर्स सङ्घ, डेभलपमेन्ट बैङ्कर्स एसोसिएसन, नेपाल वित्तीय संस्था सङ्घ र नेपाल लघुवित्त बैङ्कर्स सङ्घले संयुक्त रूपमा विज्ञप्ति निकालेर पहिला सुन अनि थुन को नीति नलिइ राज्यले पहिला थुन अनि सुन को नीति लिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

यसबाट यस क्षेत्रका कर्मचारीहरुको मनोबल समेत खस्कन गएका हुँदा राज्यका सम्बन्धित निकायहरु यस विषयमा गम्भीर भइदिन सङ्घहरुले आग्रह गरेका छन् । बैङ्कहरूले प्रचलित कानून, नियमनकारी निकायबाट जारी निर्देशनहरू र बैङ्किङ क्षेत्रको मान्य सिद्धान्तहरूको अधिनमा रहेर काम गरिरहेको पनि बताएका छन् ।

प्रतिक्रिया