दुई टी-२० सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघले आयरल्याण्ड ‘ए’ (वुल्भ्स) र एसएमएस फ्रेन्डसिप कपका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ । संघले रोहितकुमार पौडेलको कप्तानीमा बुधबार १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

नेपालले सोमबार र मंगलबार आयरल्यान्ड ‘ए’ सँग टी-२० खेल्न लागेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखलामा सिनियर टोलीले आयरल्यान्ड ‘ए’ सँग खेल्न लागेको हो ।

त्यस्तै भारतमा हुने फ्रेन्डसिप कपमा नेपाल, गुजरात र बरोडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ। नेपालले पहिलो खेल गुजरातसँग चैत्र १८ र चैत्र २१ गते, बरोडासँग चैत्र २० र चैत्र २३ मा बरोडासँग खेल्नेछ । फाइनल खेल चैत्र २५ हुने बताइएको छ । सिरिजमा शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी, अभिनाश बोहरा र आकाश चन्द रहेका छन् । चन्द र शाहले यस अगाडि राम्रो प्रदर्शन गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *