हुन्डीको रकमसहित दुई जना पक्राउ


काठमाडौं – सर्लाहीबाट २७ लाख हुन्डीको रकमसहित २ जना पक्राउ परेका छन् । प्रहरीले हुन्डीको रकमसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मलंगवा नगरपालिका-९ घर भएका २४ वर्षीय कमर राजा र मलंगवा-३ बस्ने मोबाइल पसल सञ्चालक आरिफ अन्सारी छन् ।

उनीहरूको साथबाट २७ लाख ७५ हजार ९६० रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट लक्ष्मी सनराइज बैंकमा ९ लाख ९० हजार रुपैयाँ दरमा जम्मा गरेको दुई वटा डिपोजिट भौचर पनि बरामद गरेको छ ।

कमर राजालाई पक्राउ गरेर सोधपुछ गर्दा उनले फोन सिटी मोबाइल पसल सञ्चालकले रकम दिएको बताएका थिए । उनको बयानका आधारमा मोबाइल पसल सञ्चालक आरिफ अन्सारी पक्राउ परेका हुन् ।

प्रतिक्रिया