सुनको मूल्यमा नयाँ रेकर्ड, आज तोलामा १६ सयले वृद्धि


काठमाडाैं – सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ । आज एकैदिन सुनको मूल्य तोलामा एक हजार छ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको हो ।

शुक्रवार तोलामा एक लाख ३० हजार रुपैयाँ रहेको सुनको मूल्य आज १ हजार ६ सयले बढेर एक लाख ३१ हजार ६ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदी मूल्य पनि आज बढेको छ । चाँदी तोलाको १० रुपैयाँले बढेको छ । शुक्रवार एक हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मुल्य १० रुपैयाँले बढेर एक हजार पाँच सय ३५ रुपैयाँ पुगेको छ ।

रुस-युक्रेनबीचको युद्ध, लगानीकर्ताको सुनमा आकर्षण तथा डलरको मूल्य बढेका कारण सुनको मूल्य पनि पछिल्ला दिनमा उच्च हुँदै गएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया