नेपालकी एरिकालाई यूएस ओपन अन्तर्राष्ट्रिय कराँतेमा स्वर्ण


काठमाडाैं – यूएस ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालले स्वर्ण पदक जितको छ ।

अमेरिकाको टेक्ससमा जारी प्रतियोगितामा २१ वर्षमुनिको इलाइट महिला ६८ किलोमाथि तौल समूहमा नेपालकी एरिका गुरुङले स्वर्ण पदक जितेकी हुन् । फाइनलमा उनले आयोजक अमेरिकाको खेलाडीलाई पराजित गरेकी थिइन् ।

चीनमा गएको असोजमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल एरिका यूएस ओपन अन्तर्राष्ट्रिय कराँतेको ६८ किलाेमाथि (सिनियर) खुलातर्फ पनि फाइनलमा पुगेकी छन् ।

नेपालका अर्का खेलाडी विप्लभलाल श्रेष्ठ पुरुष ८४ केजी मुनि तौल समूहको सेमिफाइनलमा पराजित भएका छन् ।

प्रतिक्रिया