जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ


काठमाडौं – जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरी पक्राउ गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका-१० कपन रुद्रमतीचोक डेरा गरी बस्ने सोलुखुम्बु दुधकुण्ड गाउँपालिका-२ घर भएका ४३ वर्षीय रिन्जीङ भन्ने कान्छा शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पा समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया