आजको मौसम : देशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना


काठमाडाैं – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहको माैसम पूर्वानुमा महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बाँकी भू-भागको मौसम भने मुख्यतया आंशिकदेखि सफा रहेको छ । आज कोशी प्रदेशलगायत देशका पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थान साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया