हिउँदे अधिवेशनको अन्त्य : कूल ३ वटा विधेयक पारित, अरु के-के भयो ? (पूर्णपाठ)


काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदैछ । २०८० माघ २२ गतेबाट प्रारम्भ भएको उक्त अधिवेशनको अन्तिम बैठक आज बस्यो ।

सभामुख देवराज घिमिरेले ७० दिनमा भए/गरेका काम कारबाहीको संक्षिप्त जानकारी गराएका छन् । २३ वटा बैठकमा ८१ घण्टा ५५ मिनेट संसदीय काम कारबाहीमा व्यतीत रहेको घिमिरेले बताए ।

यस अधिवेशनमा ५ वटा सरकारी विधेयक दर्ता भएको छ । राष्ट्रियसभामा उत्पति भएका ३ वटा सरकारी र एउटा गैरसरकारी विधेयकमध्ये एउटाको सामान्य छलफल सकिएको र बाँकी ३ वटा पेश गरिएको छ ।

सभाको पहिलो र दोस्रो अधिवेशनमा राष्ट्रियसभाबाट प्राप्त ८ वटा विधेयकमध्ये २ वटा पारित भएको र ६ वटा समितिमा विचाराधीन रहेको जानकारी गराइयो । हिउँदे अधिवेशनबाट कूल ३ वटा विधेयक पारित गरिएको छ ।

सभामुखबाट जानकारी गराइएको हिउँदे अधिवेशनको कामकारबाहीको संक्षिप्त विवरण-

प्रतिक्रिया