संघीय संसदका दुवै सदनको बैठक बस्दै


काठमाडौं – संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक र राष्ट्रियसभाको बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजे बोलाइएको हो ।

प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफल जारी रहने जनाइएको छ । यस्तै राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यब्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, बन्यजन्तु आरक्ष र मध्यबर्ती क्षेत्रमा मानव र बन्यजन्तु बीचको दन्दको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथी छलफलका लागि प्रस्ताव पेश गर्नेछन् ।

आगामी आर्थिक बर्ष २०८१/८२ का लागि बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल जारी रहने संसद सचिवालयले जनाएको छ । साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुगमन मुल्याङ्कन बिधेयक २०८० माथि प्रतिनिधिसभावाट भएको संशोधनप्रति छलफल गर्न प्रस्ताव गर्नेछन् भने सो प्रस्तावलाइ पारित गर्न प्रस्ताव पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।

साथै, अर्थमन्त्री बर्षमान पुनले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) बिधेयक २०८० लाई दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाउन सभामा प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया