वीर गणेशमान सिंह क्रिकेट : उद्घाटन खेलमा मधेश र बागमती प्रदेश खेल्ने


काठमाडौं – वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनसिपको उद्घाटन खेलमा मधेश प्रदेश र बागमती प्रदेश खेल्ने भएका छन्। आयोजकले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगिताको लिग चरणका खेलहरु बैशाख १४ गतेसम्म सकिने छन् भने बैशाख १६ गते फाइनल हुने छ ।

प्रतियोगितामा ७ वटै प्रदेश टिमहरु सहभागी हुनेछन् । प्रतियोगिताका खेलहरु मुलपानी क्रिकेट मैदानमा सन्चालन हुने आयोजकले जनाएको छ । दैनिक दुईवटा खेलहरु हुनेछन् ।

प्रतिक्रिया