अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न महिला पक्राउ


काठमाडौं – अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

अनलाईनमार्फत ठगी गरेको अभियोगमा गोरखा गण्डकी गाउँपालिका-८ घर भई काठमाडौं कुलेश्वर हाईट बस्ने २८ वर्षीया सुनिता गुरूङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल फेसबुक आईडी फ्लावर सप नागयाको म्यासेन्जरबाट कुराकानी गर्दै वैदेशिक रोजगारीको लागि जापानमा चप्पल कारखाना, माछा प्याकिङ र कलम फ्याक्ट्रीमा आकर्षक तलब रहेको भनी प्रलोभनमा पारेर गरेको खुलेको छ ।

भिषा प्रोसेसिङको लागि भनी ४७ लाख ६८ हजार ७ सय १६ रूपैयाँ रकम ठगी गरेको खुल्न आएपछि गुरूङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कुलेश्वर हाईटबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया