कोरियन भाषा परीक्षा आगामी असोज ८ देखि (सूचनासहित)


काठमाडौं – ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको मिति निर्धारण गरेको छ । आज (मंगलबार) सूचना जारी गर्दै शाखाले सन् २०२४ को कोरियन भाषा परीक्षाको मिति निर्धारण गरेको हो ।

परीक्षा आगामी असोज ८ देखि ११ गतेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ । परीक्षाका लागि साउन ७ देखि ११ गतेसम्म फाराम वितरण तथा दर्ता गरिने छ भने भदौ २८ गते परीक्षा तालिका सार्वजनिक गरिने छ ।

यस्तै परीक्षाको नतिजा प्रकाशन असोज २१ गते हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

प्रतिक्रिया