एसइईको माैका परीक्षा साउन १८ र १९ गते

दुई विषयमा ननग्रेडिङ हुने विद्यार्थी सहभागी हुने


काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा अन्तर्गत ग्रेड वृद्धि (मौका) परीक्षा यही साउन १८ र १९ गते सञ्चालन हुने भएको जनाएको छ ।

नतिजा अनुसार दुई विषयमा ननग्रेडिङ हुने विद्यार्थी सङ्ख्या एक लाख १५ हजार आठ सय ३४ छ । एक विषयमा मात्रै अनुत्तीर्ण हुनेको सङ्ख्या ६७ हजार ७९६ छ । ४८ हजार ३८ विद्यार्थी दुई विषयमा अनुत्तीर्ण भएका छन् । उनीहरू साउन १८ र १९ गते हुने ग्रेड वृद्धि (मौका) परीक्षामा सहभागी हुन पाउने छन् ।

ग्रेड वृद्धि परीक्षाको नतिजा एक महिनामा प्रकाशित हुनेछ । ग्रेड वृद्धि हुने विद्यार्थीले यसै शैक्षिक सत्रमा कक्षा ११ मा पढ्न पाउने बोर्डले जनाएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् ।

परीक्षामा सहभागीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले मात्र ग्रेडिङ प्राप्त गरेर कक्षा ११ मा भर्ना हुन पाउने भएका छन् । बोर्डका अनुसार परीक्षामा सहभागी चार लाख ६४ हजार सात सय ८५ विद्यार्थीमध्ये ननग्रेडिङ (एनजी) हुने विद्यार्थीको सङ्ख्या दुई लाख ४२ हजार तीन सय १३ रहेको छ ।

नन् ग्रेडेड’मा परेका दुई लाख ४२ हजार ३१३ जनामध्ये एक लाख २६ हजार २९७ विद्यार्थीले दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड ल्याउन नसकेपछि दोहोर्‍याएर कक्षा १० मा पढ्नु पर्ने भएको हो । उनीहरूले आउँदो वार्षिक परीक्षामा सहभागी हुनुपर्नेछ । परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

प्रतिक्रिया