गौतम र थपलिया मध्यपश्चिम तथा पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त


काठमाडौं – दुई विश्व विद्यालयका उपकुलपति नियुक्त भएका छन् । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त भएका हुन् ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गौतम र थपलियालाई नियुक्त गरेका हुन् । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले विश्वविद्यालयमा हुने दलीय भागबण्डाको अन्त्य गरी प्राज्ञिक प्रतिष्पर्धाका आधारमा नियुक्त गर्ने घोषणा अनुसार नै नियुक्त गरिएको बताए ।

मेरिटोक्रेसी अनुसार नै उपकुलपति नियुक्त गरेको प्रधानमन्त्री दाहालको सचिवालयले दाबी गरेको छ । प्रधानमन्त्री दाहालले विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्य गरी प्राज्ञिक प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने घोषणा गर्दै आएका थिए ।

प्रतिक्रिया