यस वर्षकाे एसईई परीक्षा आउँदाे चैत ७ गतेदेखि


काठमाडाैं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत ७ गतेदेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतकाे परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालको एसईई सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गर्दै आउँदो चैत ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने जानकारी गराएको हो । कार्यालयले परीक्षाको समय तालिका भने माघ १ गते प्रकाशन गर्ने भएको छ ।

फागुन मासान्तभित्र विद्यार्थीको आन्तरिक र प्रयोगात्मक अङ्क शिक्षा विकास तथा समन्वय इकाइमा पठाइसक्नुपर्ने तालिकामा उल्लेख छ । यस्तै एसईईको नतिजा २०८२ सालको असार ६ गतेभित्र प्रकाशन गरिने र पूरक परीक्षा साउन १९ र २० गते हुने बोर्डले जनाएको छ ।

यस वर्षको एसईईको वार्षिक कार्यतालिका सार्वजनिक भएपनि कार्यालयले गएको वर्षको एसईईको नतिजा भने अझै प्रकाशन गरेको छैन ।

प्रतिक्रिया