यी प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना


काठमाडौं – अहिले बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकोले यी स्थानमा वर्षा भएको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज (शनिबार) पनि मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास नै अवस्थित छ । यसले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरेको छ । त्यस्तै बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

शनिबार राति  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया