नेपालमा पश्चिम वायुको आंशिक प्रभाव : तराईका केही स्थानमा हुस्सु

काठमाडाैं – नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखा जनाएको छ ।

महाशाखाका अनुसार तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

महाशाखाका अनुसार आज बिहान ५ः४५ बजे उपत्यकाको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस मापन भएको छ ।

हिजो आइतबार यो समय काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजेको मापनमा ५.० डिग्री सेल्सियस कायम भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *