देशभर मौसम बदली, कोशी र मधेश प्रदेशमा वर्षा हुँदै


काठमाडौं – हाल कोशी र मधेश प्रदेशको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षा भइरहेको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरुमा साथै बाँकी देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

केही स्थानमा वर्षा र कतै हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया