गोरखाको धार्चेमा पहिरो : पाँच जना बेपत्ता, दुई जनाको उद्धार


काठमाडाैं – गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ गुम्दाको रेसेफाँटमा पहिरोमा परी पाँच जना बेपत्ता भएका छन् । पहिरोले कृषि फर्म र एउटा घर बगाउँदा कृषि फर्म सञ्चालक जितबहादुर गुरुङको तीन जनाको परिवारसहित पाँच जना बेपत्ता भएका हुन् ।

जितबहादुरसहित श्रीमती कान्छी गुरुङ, उनका बुवा ६० वर्षीय सुलाल कान्छा गुरुङ, स्थानीय रमेश गुरुङ, ठेगाना नखुलेका ट्याक्टर चालक रमेश परियार बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पहिरोमा परेका दुई जनाको भने छिमेकीले उद्धार गरेका छन् ।

पहिरोले कृषी फर्म र घर बगाउँदा पाँच जना बेपत्ता भएका जानकारी पाए लगत्तै प्रहरी चौकी बारपाक र माछाखोलाबाट प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया