साउनको दोस्रो सोमबार, शिवालयमा दर्शनार्थीको घुइँचो


काठमाडौं – आज साउन महिनाको दोस्रो सोमबार । काठमाडाैंको पशुपतिनाथ मन्दिरसहित मुलुकभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिन शिवजीको व्रत, पूजा आराधना एवं दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक मान्यता छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ ।

साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरूले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।

प्रतिक्रिया