काभा महिला नेसन्स लिगमा आज दुई खेल


काठमाडौं – काभा महिला नेशन्स भलिबल लिगमा आज दुईवटा खेल हुँदैछन् । काठमाडौंमा जारी प्रतियोगिताअन्तर्गत दिउँसो ३ बजे हुने पहिलो खेलमा श्रीलंका र इरान भिड्नेछन् ।

खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा हुनेछ । पहिलो खेलमा नेपालसँग ३-० को सोझो सेटमा पराजित भएको श्रीलंका आज पहिलो जितको खोजीमा रहँदा इरान पनि पहिलो जित दर्ता गर्ने लक्ष्यमा हुनेछ ।

इरान पहिलो खेलमा हिजो भारतसँग ४-१ को सेटमा पराजित भएको थियो । आजै साँझ सवा ५ बजे हुने दोस्रो खेलमा भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेलमा इरानलाई हराएको भारत लगातार दोस्रो जितको खोजीमा हुँदा माल्दिभ्स भने आज पहिलो प्रतिस्पर्धाका लागि मैदान उत्रिन लागेको हो । घरेलु टोली नेपालले भने भोलि भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल भोलि दिउँसो ३ बजे हुनेछ ।

प्रतिक्रिया