काभा भलिबल : फाइनलका लागि नेपाल आज इरानसँग खेल्दै


काठमाडाैं – काभा महिला भलिबल लिगको फाइनलमा पुग्न नेपालले आज इरानसँग खेल्दैछ । नेपालले हिजो माल्दिभ्सलाई सोझो सेटमा हराउँदै लिगको उपविजेता बन्यो ।

लिग चरणमा भारतलाई हराएर ऐतिहासिक उपलब्धी बनाउन सफल नेपालको महिला भलिबल टोली इरानसँग भने पराजित भएको थियो । ४ खेलमा ९ अङ्कसहित नेपाल लिगमा दोस्रो भएको हो ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दोस्रो सेमिफाइनलमा बेलुकी सवा ५ बजे नेपाल र इरान खेल्नेछन् । त्यसअघि पहिलो सेमिफाइनलमा दिउँसो ३ बजे भारत र श्रीलङ्काबीच खेल हुनेछ ।

त्यस्तै इरान तेस्रो स्थानमा रह्यो । पाँच टोली सहभागि प्रतियोगिताको अङ्कतालिकामा भारत शीर्ष र श्रीलङ्का चौथो हुँदा माल्दिभ्स बाहिरीयो ।

हिजो भएको खेलमा श्रीलङ्कालाई ३-० को सोझो सेटमा हराउँदै भारत समूह विजेता बन्यो । आज हुने सेमिफाइनलका खेलमा विजेता टोलीले उपाधिका लागि भोलि बेलुका खेल्नेछन् ।

प्रतिक्रिया