यी चार प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना


काठमाडाैं – कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना छ । अहिले कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभरको मौसम साधारणतया बदली नै रहने अनुमान छ । सबै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी आजराति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गएराति मोरङ, धनकुटा, गोरखा, चितवन, लमजुङलगायत आसपासका जिल्लामा ठूलो पानी परेको थियो । त्यस्तै काठमाण्डौ, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, कास्कीलगायत जिल्लामा पनि हल्कादेखि मध्यम खालको पानी परेको महाशाखाले जनाएको छ ।

पानी परिरहेका ठाउँका नदी तटीय क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया