तनहुँको आबुखैरेनीमा यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खस्यो


काठमाडौं – तनहुँको आबुखैरेनीमा यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर-२ स्थित ऐना पहराबाट मर्स्याङ्दी बस खसेको हो ।

पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको तनहुँका डीएसपी दीपककुमार रायले बताए । बसमा ४० जना जति यात्रु रहेको इलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकि छ ।

प्रतिक्रिया