उपनिर्वाचनमा सहभागी हुने रास्वपाको निर्णय


काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले पालिकाको उपनिर्वाचनमा सहभागी हुने बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा संक्षिप्त प्रतिक्रिया दिँदै सभापति लामिछानेले रास्वपाले पालिकाको उपनिर्वाचनमा सहभागी हुने बताएका हुन् ।

देशभरमा नगरपालिकाका मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी ३४ वट पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ । सरकारले उपचुनावको मिति घोषणा गर्ने तयारी गरिरहेको छ ।

रिक्त ठाउँहरूमा मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि निर्वाचन आयोगले सूचना आह्वानसमेत गरिसकेको छ । यसअघि पालिका चुनावपछि मात्रै दर्ता भएको रास्वपाका लागि यो पालिकाको चुनावमा पहिलो सहभागिता हुनेछ ।

प्रतिक्रिया