काठमाडौं आउँदै गरेको बस लिखुमा दुर्घटना


रामेछाप – रामेछापबाट काठमाडौं आउँदै गरेको बस आज (शुक्रबार) बिहान रामेछापको लिखु तामाकोशीमा दुर्घटनामा परेको छ ।

लिखु तामाकोशी गाउँपालिका-६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडा भन्ने ठाउँमा सब दुर्घटना हुँदा पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

‘बसमा सवार २५ जनामध्ये पाँच जना घाइते भएको प्रारम्भिक सूचना हामीलाई आएको छ,’ जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले सुनाए, ‘दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।’ उनले दुर्घटनामा परेको बसको नम्बर पनि खुलिनसकेको बताए । ‘घटनास्थलमा एम्बुलेन्स जाँदैछ । स्थानीय जनप्रतिनिधि र प्रहरीको टोली पनि त्यसतर्फ प्रस्थान गरेको छ,’ उनले भने ।

प्रतिक्रिया