चन्द्रागिरीमा शंकास्पद वस्तु फेला, सेनाद्वारा निष्क्रिय

काठमाडौं – चन्द्रागिरीमा शंकास्पद वस्तु फेला परेको छ । बिहीबार चन्द्रागिरी नगरपालिका-१२ बलम्बुस्थित वडा कार्यालय नजिक स्थानीयको घरमा शंकास्पद वस्तु फेला परेको हो ।

शंकास्पद वस्तु फेला परेको खबर पाउनासाथ नेपाली सेनको टोली उक्त स्थानमा परिचालित भएको थियो । सेनाको ‘डिष्पोजल’ टोलीले उक्त शंकास्पद वस्तुलाई सुरक्षित साथ निष्क्रिय पारेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *