केही स्थानमा वर्षाको सम्भावना, देशका धेरै ठाउँको मौसम सफा


काठमाडाैं – हाल मनसुनी वायुको प्रभावका कारण देशभरको मौसम सामान्यदेखि आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाले अहिले देशका पहाडी भागलगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ ।

आज बिहान बाग्मती र कर्णाली प्रदेशका एक/दुई ठाउँमा छिटपुटदेखि हल्का वर्षा भएको छ । आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अरु धेरै ठाउँमा मौसम सफा रहने  महाशाखाले जनाएको छ ।

यस्तै राति कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका केही स्थानमा ठुलो वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया