आईसीसी टी-२० विश्वकप क्रिकेटः भारतको पहिलो जित


काठमाडौं – आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले पहिलो जित निकालेको छ । हिजो राति (बुधबार) भएको खेलमा अफगानिस्तानलाई ६६ रनले पराजित गर्दै भारतले पहिलो जित हात पारेको हो ।

भारतले दिएको २ सय ११ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर जम्मा १ सय ४४ रन मात्र जोड्न सक्यो । अफगानिस्तानका लागि करिम जन्नतले सर्वाधिक ४२ तथा कप्तान मोहम्मद नावीले ३५ रन जोडे ।

भारतका मोहमद शामीले सर्वाधिक ३ तथा रविचन्द्रन आश्विनले २ विकेट हात पारे । यसअघि पहिले ब्याटिङ गर्ने निम्तो पाएको भारतले उत्कृष्ट ब्याटिङ गर्दै २० ओभरमा २ विकेट गुमाएर २ सय १० रन जोड्यो ।

जसमा रोहित शर्माल सर्वाधिक ७४ रन जोडे भने केएल राहुलले ६९ रनको अर्धसतकिय पारि खेले । यस्तै, हार्दिक पाण्ड्याले ३५ रन र रिशभ पन्तले २७ रन जोडे । अफगानिस्तानका करिम जनत र गुलबदिन नइबले समान १-१ विकेट लिएका थिए । यस जित सँगै भारतले सेमिफाइनलको यात्रालाई जारी राखेको छ ।

प्रतिक्रिया