टी-२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकालाई हराउँदै भारत विजयी


काठमाडाैं – आईसीसी टी-२० विश्वकप क्रिकेट सन् २०२४ को उपाधि भारतले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले दोस्रोपटक विजयी बनेको हो । भारतले यसअघि सन् २००७ मा पहिलो पटक टी-२० विश्वकपको उपाधि जितेको थियो ।

भारतले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा आठ विकेट गुमाएर एक सय ६९ रन बनायो । दक्षिण अफ्रिका हेनरिक क्लासेनले सर्वाधिक ५२ रन बनाए । भारतका हार्दिक पाण्ड्याले सर्वाधिक तीन विकेट लिए ।

त्यसअघि बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले २० ओभरमा सात विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो । ओपनर विराट कोहलीलेसर्वाधिक ७६ रन बनाए । दक्षिण अफ्रिकाका केशव महराजा र एनरिर्च नोर्ट्जेले दुई–दुई विकेट लिए । सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई नौ विकेट र भारतले इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा पुगेका थिए ।

प्रतिक्रिया