काेराेना अपडेटः पछिल्लो २४ घण्टामा ३७७ कोरोना संक्रमित, ४ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३७७ जना कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा देशभर ९ हजार १४९ जनाको कोरोना परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा १७० जना कोरोनामुक्त भएको पनि मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ९८ हजार ७ सय १४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ४ जनाको कोरोनाका कारण ज्यान गएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८२ पुगेको छ ।

अहिले पछिल्लो अवस्थामा देशभर ७ हजार ४ सय ७६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया