आज राती वर्षा र हिमपातको सम्भावना : मौसम विभाग


काठमाडौं – जल तथा मौसम विज्ञान विभागले राती केही ठाउँहरुमा वर्षा हुने आंकलन गरेको छ । विभागले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार (भोलि) बुधबार देशभर मौसम आंशिकदेखि सामान्यतया बदली रहने भएको छ । मौसम विभागले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे जनाएकाे छ ।

साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध गरेकाे छ।

प्रतिक्रिया