बेहुली लिन हिँडेको गाडी पल्टिँदा दुई जनाको मृत्यु


बारा – बारामा बेहुली लिन हिँडेको रथ बनाइएको गाडी पल्टिँदा दुई जनाको ज्यान गएको छ । गाडी पल्टिँदा अन्य १४ जना घाइते भएका छन् ।

घटनामा आदर्श कोटवाल गाउँपालिका ३ की १६ वर्षीया निलमकुमारी राम र सिम्रौनगढ नगरपालिकाकी २३ वर्षीया शैलकुमारी रामको ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेहरूको कैलया अस्पताल बारा र न्युरो अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।

स्थानीयवासी लक्ष्मण चमारको बिहेका लागि आदर्श कोटवाल गाउँपालिका ३ बाट जन्ती बोकेर बेहुलीको घर हिँड्ने क्रममा रथ बनाइएको गाडी अनियन्त्रित भएर पल्टेको थियो । क्षमताभन्दा धेरै मानिस चढेकाले अनियन्त्रित भएर पल्टिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया